सोमबार नेपालमा थप २२६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित १७९८ पुग्यो

नेपालमा सोमबार थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। डाक्टर देवकोटाका अनुसार १२३ पुरूष र १३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७९३  पुगेको छ। संक्रमितमध्ये २२१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भएको छ। 

भिडियो

प्रकाशित मिति: : 2020-06-01 16:26:22

प्रतिकृया दिनुहोस्