थप १३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १८४७ पुग्यो

कपिलवस्तुका सात सहित थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयले साँझ ‍दिएको जानकारी अनुसार कपिलवस्तुको मायाँदेवी गाउँपालिकाका सात जना पुरूष छन्। त्यसमा १९ वर्षीय, २१ वर्षीय, २६ वर्षीय दुई जना, २७ वर्षीय, ३५ वर्षीय र ४० वर्षीय संक्रमित छन्।

पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरूष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरूष छन्।

त्यस्तै रूपन्देही गैडहवा गाउँपालिकामा तीन वर्षीया बालिकासहित ५४ वर्षीय पुरूष थपिएका हुन्।

यसअघि आजै कर्णालीमा थप ३५ जनामा संक्रमण पुष्टि भएको छ।

यो सँगै आज साँझ ७ बजेसम्म १८४७ जना कोरोना संक्रमित पुगेका छन्।

प्रकाशित मिति: : 2020-06-01 19:06:55

प्रतिकृया दिनुहोस्