कर्णालीमा थपिए एकै पटक १ सय ६ जना काेराेना संक्रमित

बिहिवार कर्णालीमा एकैपटक १०६ जनामा काेराेना संक्रकण देखिएकाे छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण जुम्लामा बिहीबार दिउँसोसम्म गरिएको पीसीआर परीक्षणमा दैलेखका १ सय ५ र मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजिटिभ देखिएको हो।

दैलेखको नारायण नगरपालिकामा ६९, देवलकाँडामा १२ ,सोतमा ९, मानटाकुरामा ७,साडुमा २,भवानीमा ५ र बासकोटमा १ जना गरी एक सय ५ जनामा संक्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । दैलेखमा योसहित संक्रमितको संख्या २ सय १० पुगेको छ । मुगुका संक्रमित भने खत्याडका रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म गरिएको पीसीआर परीक्षणमा कोभिड–१९ पुष्टि भएका संक्रमितको संख्या २ सय १३ पुगेको छ ।

प्रकाशित मिति: : 2020-06-04 14:40:25

प्रतिकृया दिनुहोस्