सरकार कोरोनापीडित जनतालाई राहत दिनभन्दा विलासितामा लाग्याे: रिजाल

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद मिनेन्द्र रिजालले जनताको अपेक्षाविपरीत सरकार चलेको ऋारोप लगाएका छन्। उनले सरकारको काम कोरोना पीडित जनतालाई राहत दिनेमा भन्दा पनि विलाशितामा लागेको बताएका हुन्। 

प्रतिनिधिसभाको शनिबारको बैठकमा विभिन्न मन्त्रालयका लागि विनियोजित बजेटमाथिको छलफलका क्रममा  रिजालले भने, ‘अहिले जनता कोरोनाबाट कसरी उम्कने भन्नेमा चिन्तित छ। मुलुक बाहिर बसेका नेपालीहरू कसरी देशमा पुग्ने भन्ने चिन्तामा छन्। सरकारमा बसेकाहरू कसरी कार्पेटको व्यवस्था गर्ने हो भन्नेमा नै मस्त छन्।’

कोरोना महामारीका बीच राष्ट्रपति कार्यालयमा कार्पेटलगायतका सामग्री खरिद प्रक्रिया अगाडि बढेको कुरा सार्वजनिक भएतर्फ संकेत गर्दै सांसद रिजालले यो सबै सरकारमा रहेकाहरूमा इमानदारिता र क्षमता नभएकाले भइरहेको बताए। 

‘सरकार कार्पेटको व्यवस्था गर्दैछ, अनि सत्तारुढ दलका अरु मानिसहरू सत्ताको बाँसुरी र सत्ता सम्भावनाको बाँसुरी कुन धुनमा बजायो भने राम्रोसँग बज्दछ भनि प्रयत्न गरिरहेका छन्,’उनले भने।

खर्च कटौती प्रस्ताव प्रस्ताव राख्दै सांसद रिजालले सरकारसँग पूँजीगत खर्च गर्ने क्षमता पनि नभएको र इमाान्दारिता पनि देखाउन नसकेको बताए। उनले अर्थमन्त्रालयको चालू खर्च २५ अर्बबाट घटाएर गत बर्षझै ८ अर्बमा राखियोस भन्ने खर्च कतौटी प्रस्ताव गरे।

सरकारको आम्दानीभन्दा १ सय ९० अर्ब बढी खर्च भएको बताउदै सांसद रिजालले तत्कालै एक डेढ महिनाभित्र दश बाह्र अर्बभन्दा बढी खर्च हुने अवस्था रहेकाले बताउनुभयो। सांसद रिजालले सरकारले बजेट प्रस्तुत गर्नुअघि भन्सारबाट बिद्युतीय गाढी छोडेको घटनाले सरकारमा इमान्दारिता नरहेको आरोप लगाए।

यस्तै उनले नेपालमा अहिले कोरोना संक्रमण ३ हजार पुगेको र १० हजार कट्छ भन्ने चिन्ता रहेको बताउदै बोर्डरमा मान्छे आइरहेका नागरिकहरुको स्वास्थ्य परिक्षण राम्रोसँग गरिएन भने एकजनामा संक्रमण भए सारा क्वारेन्टाइन र गाउँमा बृद्ध, दीर्घरोगीलाई फैलियो भने कल्पना गर्ने स्थिति नभएको बताए।

 

प्रकाशित मिति: : 2020-06-06 15:07:40

प्रतिकृया दिनुहोस्