भारतबाट फर्केका युवकको भरतपुर अस्पतालमा मृत्यु

चितवनस्थित भरतपुर अस्पतालको भेन्टिलेटरमा उपचारको क्रममा एक युवकको मृत्यु भएको छ।

ज्वरोसँगै श्वासप्रश्वासमा समस्या देखिएका चितवन माडीका २७ वर्षीय ती युवकको शनिबार मृत्यु भएको अस्पतालका डाक्टर प्रमोद पौडेलले बताए।

‘आज बिहान उहाँलाई एक्कासी समस्या देखिएपछि भेन्टिलेटरमा सार्‍यौं। तर उहाँको साढे १० बजे मृत्यु भयो,’ उनले भने।

उनी दश दिनअघि भारतबाट फर्केको खुलेको छ। उनी उपचारका लागि नयाँदिल्ली गएर फर्केका थिए।

उनलाई माडीकै क्वारेन्टिनमा राखिएको थियो। ज्वरो देखिएपछि उनलाई शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

मृतकको स्वाब परीक्षण गर्न पठाइएको छ। आझ साँझसम्म कोरोना परीक्षण रिपोर्ट आउने अस्पतालले जनाएको छ।  
 

प्रकाशित मिति: : 2020-06-06 16:07:00

प्रतिकृया दिनुहोस्