पार्टी र संसद सचिवालयले सरिता गिरीलाई कारवाही नगरे आफैं गर्ने युवासंघकाे चेतावनी

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवासंघ नेपालले संसद सरिता गिरीलाई कारवाही गर्न माग गरेको छ।  

जनता समाजवादी पार्टीकी नेतृ गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरितअभिव्यक्ति दिएको  भन्दै कारवाहीको माग गरिएको हो।  

युवासंघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ र सहसंयोजक रमेश पौडेलले बुधबार जारी गरेकाे विज्ञप्तिमा गिरीविरुद्ध संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए संगठनले गम्भिरतापूर्वक लिने उल्लेख गरिएको छ।

‘निजका विरुद्धमा संघिय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गंभिरतापुर्वक लिने व्यहोरा समेत यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहान्छौं,’ विज्ञप्तिमा भनिएको छ,‘त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयम निज सरिता गिरी र सम्वन्धीत दल हुने व्यहोरा समेत अग्रिम जानकारि गराउन चाहान्छौं।’ 

सगठनले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्टिय एकताको विरुद्धमा संसद लगायत सार्वजनिक संचार माध्यममा दिएको अभिव्यक्तिले नेपाली जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत गिरी स्वयमले च्युत गरेको पनि जनाएकाे छ।                                                   

‘नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको  तथ्य माननीय सरिता गिरिलाई  स्मरण गराउन चाहान्छौं,’ विज्ञप्तिमा भनिएको छ,‘ संसदको सदस्य निर्वाचित भई कार्यकाल सम्हाल्नु अघी संविधानको संरक्षण र पालना गर्ने शफत खाएको सासदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्टिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक संचार माध्यममा दिएको अभिव्यक्तिले  जनप्रतिनिधिको हैसियतले नेपालि जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको हाम्रो संगठनको ठहर रहेको छ ।’

साथै पछिल्लो समय मुलुकका विभिन्न स्थानहरुमा घटेका प्रतिनिधिमुलक घटनाहरुमा समेत संगठनको गम्भिर ध्यानाकर्षण भएको पनि जनाइएको छ। ‘रुकुमको चौरजहारी तथा रुपन्देहीको गाईफार्ममा घटेका विभत्स घटनाहरुमा मिहिन र निष्पक्ष अनुन्धान गरी दोषीउपर कडा कारावाही गर्न र घटनाको वस्तुगत अनुसन्धान गरी फेरी यस्ता घटना दोहोरिन नदिने मानविय चेतना निर्माणको काममा ध्यान दिन समेत सरकारसँग आग्रह गर्दर्छौ,’ विज्ञ्पितमा भनिएको छ। 

यसैगरी अछामको बयलपाटा अस्पतालको जागिरबाट निकालिएका सिदार्थ आउजीको आत्मदाह प्रकरणले अस्पतालको असंमबेदनशिलता र राज्यको उत्तरदायित्वमाथि निर्मम प्रश्न खडा गरेको युवासंघले जनाएको छ। 

‘अस्पताल प्रशासनमाथि छानविन गर्न र आउजीको परिवारमा क्षतिपुर्तिको व्यावस्था गर्नसमेत माग गर्दै संगठनका तर्फबाट उनको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा समेत गर्दर्छौ,’ विज्ञप्तिमा भनिएको छ। 
 

प्रकाशित मिति: : 2020-06-10 18:52:35

प्रतिकृया दिनुहोस्