अष्ट्रेलियाले एसियाली नागरिकविरूद्ध भेदभाव गर्‍याे: चीन

चीनले कोरोना भाइरसको संक्रमणपछि एसियाली नागरिकविरुद्ध अष्ट्रेलियाले भेदभावकाे व्यवहार गरेको आरोप लगाएको छ ।

चीनको शिक्षा मन्त्रालयले अष्ट्रेलियाले अहिले पनि कोरोना भाइरसको महामारी प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकेकाले यसकाे दोषारोपण एसियाली नागरिकमा थुपार्ने गरेकाे जनाएकाे छ। उसले त्यहाँ बसोबास गर्ने आफ्ना नागरिकलाई सचेत हुन र तत्काल त्यहाँ अध्ययनका लागि नजान अपिल गरेको छ ‍।

‘त्यहाँ (अष्ट्रेलिया)मा कोरोनाको खतरा धेरै छ,मन्त्रालयले भनेको छ,‘ साथसाथै देखिएको सम्भावित जोखिमलाई आधार बनाएर भेदभावलाई गर्ने देखिएकाले अध्ययनका लागि नजान अनुरोध गर्छौं।’

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि लोकप्रिय गन्तव्य अष्ट्रेलियामा चीनको उक्त आरोपसँगै त्यहाँ चिनियाँ विद्यार्थीको संख्या घट्ने आँकलन गरिएको छ। 

साथै मन्त्रालयले अन्तर्राष्ट्रिय भ्रमण र खुला क्याम्पसहरूमा अत्याधिक जोखिम रहेको पनि जनाएको छ। उसले आफ्नो देशकबाट त्यहाँ पढ्न जान दिने वा नदिने भन्नेबारेमा गम्भीर छलफल गर्नुपर्ने बताएको छ। यसका साथै दुई देशबीच टकरावको अवस्था सृजना हुने पनि देखिएको छ। 

अष्ट्रेलियाले कोरोना भाइरसको उद्भवका बारेमा स्वतन्त्र अनुसन्धानको लागि आह्वान गरेदेखि चीन र अष्ट्रेलियाबीचको सम्बन्ध चिसिदै गएको छ ।

कोरोना भाइरस चीनस्थित वुहानको एक मासु बजारबाट फैलिएको भनिएको छ। चमेराको मासुबाट यस भाइरस मानिसमा सरेको विज्ञहरुले बताएका थिए। तर समयसँगै यसको उत्पतिका बारेमा विविध प्रश्न उठ्न थालेको छ। धेरैले तर्क राखेका छन् कि,‘उत्पती बारे थाहा भयो भने समाधानको बाटो पनि सहज हुन्छ।’

यस विषयमा अनुसन्धानका लागि अमेरिका र अस्ट्रेलियाले पनि खुला माग राखेका थिए। तर चीनले उक्त मागलाई सम्बोधन गरेन र दुबै देश रिसाएको छ। 

यता अमेरिकाले त अमेरिकी राज्य मिसौरीमा भाइरस फैलाएको आरोपमा चीनविरुद्ध मुद्दासमेत दर्ता गरेको छ।

प्रकाशित मिति: : 2020-06-11 09:11:09

प्रतिकृया दिनुहोस्