दर्शक बिना नै आईपीएल गराउने बीसीसीआईकाे तयारी !

बिएल संवाददाता

नयाँदिल्ली

गत मार्च २९ देखि सञ्चालन गर्ने खेल तालिका रहेको इण्डियन प्रिमियर लिग (आईपीएल) कोरोना भाइरसको बढ्दो संक्रमणका कारण रोकिएको छ।

तर भारतीय क्रिकेट कन्ट्रोल बार्ड (बीसीसीआई) भने खेल कसरी सुरु गर्ने भन्ने याेजना बनाउन थालेकाे छ।

यसैक्रममा बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले आईपीएलका लागि सबै सम्भावित विकल्पमाथि छलफल चलिरहेको बताएका छन्। उनले दर्शक बिना पनि आईपीएल सञ्चालन गर्नेसक्ने बताए।

गांगुलीले भने, ‘यसवर्ष आईपीएल गर्नको लागि सबै सम्भावित विकल्पमाथि काम गरिरहेका छाैं। आईपीएल दर्शक बिना नै पनि गर्न सकिन्छ। यस विषयमा छिट्टै निर्णय गरिनेछ।’

गांगुलीले केही समयअघि आईपीएल रद्द भएमा बीसीसीआईले ठूलो घाटा व्यहाेर्नु पर्ने बताएका थिए।

कोरोनाका कारण यसै वर्ष अक्टोबरमा अष्ट्रेलियामा हुने भनिएको टी–२० विश्वकप क्रिकेटसमेत स्थागित हुनेसक्ने अनुमान गरिएको छ।

तर आईपीएललाई बढी प्राथमितामा राखेकाे कारणले विभिन्न राष्ट्रहरुले बीसीसीआईको आलोचना गरिरहेका छन्।
 

प्रकाशित मिति: : 2020-06-12 05:33:39

प्रतिकृया दिनुहोस्