मृतक वडाध्यक्ष युवराज उप्रेतीकी श्रीमती राधा सकृय राजनीतिमा आउने

धनुषाको मिथिला नगरपालिका ७ का वडाध्यक्ष युवराज उप्रेतीको असमायिक निधन भएको डेढ महिना पुरा भएको छ। मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोको महत्वकाक्षीं योजनामा रहेको मिथिला तालमा कामकै शिलशिलामा वडाध्यक्ष उप्रेतीको हृदयघातका कारण निधन भएको थियो। तिनै वडाध्यक्ष उप्रेतीकी श्रीमती राधा उप्रेतीले सकृय राजनीति गर्ने भएकिछन्।

‘श्रीमानको अधुरो सपना पुरा गर्न सकृय राजनीतिमा होमिन लागेकी हुँ,' ५७ वर्षिय राधाले भनिन्,‘पार्टीले टिकट दिएको खण्डमा आउने चुनावमा वडाध्यक्षमा चुनाव लड्ने सोँच छ।’

राधाको राजनीतिक सम्बन्ध

१८ वर्षको उमेरमा पहिलोपटक एमालेबाट ढल्केबर गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका हरिनारायण महतो (जो अहिले सतारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य तथा मिथिला नगरपालिकाका मेयर छन्।) लाई सूर्य छापमा भोट हालिन्। उतिबेला पनि मेयर महतोले गाविस अध्यक्ष जितेका थिए।

विद्रोही श्वभावका महतोकै प्रभावमा परेर उनी एमालेको शुभचिन्तक बनेर बसिन्। चुनावमा भने उनी एमाले बनेर धेरै पटक भोट पनि माग्न हिँडिन्। ‘दालमोठ र चिउरा खाएर सूर्य छापको पोष्टर टाँस्थ्यौं, खटेर आफ्नो उम्मेदवार जिताउँथ्यौँ’, आधिकारिक रूपमा सदस्यता भने आफूले नलिएको उनले सुनाईन्।

पढ्न पाईनन्

१० वर्षको उमेरमा आफ्ना माईती खलकसँगै रामेछापको धोबेबाट ढल्केबर बसाँई सरेकी राधाले स्कुल भने जान पाईनन्। त्यतिबेला स्कुल पठाउने चलन नै थिएन। छोरीहरूले दिनहुँ घाँस दाउरा गर्नुपर्थ्यो। पानी बोक्ने र ढिकी जाँतो गर्नुपर्थ्यो। त्यतिबेला गाउँमा स्कुल पनि त थिएन।

१८ वर्षको उमेरमा तिनै युवराज उप्रेतीसँग राधाको मागी विवाह भयो। दुई छोरा भेटप्रसाद र रूद्र अनि छोरी दुर्गा लगालग जन्मिए । प्रहरीमा जागिरे श्रीमान कमाउन भनेर खाडी मुलुक निस्किए। श्रीमान बाईस वर्ष बिदेशमै अलप भएका दिनहरुमा भने उनले छोराछोरी हुर्काउन निकै दुखः झेल्नुपर्‍यो। गाईभैंसी र बाख्रापाठाको ब्यापारमा लागिन्। गाउँघरमा खोजेर किनेका मालबस्तु बेच्न महेन्द्रनगरको सखुवा बजारमा पुग्थिन्। ब्यापारबाटै छोराछोरी पढाईन् हुर्काईन्। र गाउँमै काठको दुमला (काठको टाँडमा बारदली भएको) घर पनि बनाईन्।

बाईस वर्षपछि श्रीमान युवराज उप्रेती घर आए। उनले कमाएर ल्याएको पैसाले नेपालगञ्जमा घडेरी समेत किने र गाउँमा पनि बनाए पक्कि घर। अनि घरमै खोले किराना पसल। उप्रेती नजिकै रहेको मासु फ्याक्ट्रीमा गाडी चलाउन थाले।

यस्तैमा स्थानीय तहको चुनाव आयो। तत्कालिन एनेकपा माओवादीका मिथिला नगर कमिटि उपाध्यक्ष उप्रेतीलाई पार्टीले ७ नं. वडाध्यक्षको टिकट दियो। सबैसँग मिलनसार उप्रेतीले चुनाव जिते र आफूले सकेभ्याएसम्मको  विकास निर्माणको काम गर्न थाले। तर दुःखको कुरा उप्रेतीको ४५ दिन अघि असमायिक निधन भयो।

तिनै उप्रेतीकी श्रीमती राधाले सक्रिय राजनीति गर्ने कुराले यतिबेला मिथिला नगरपालिकाभरि चर्चा पाएको छ। 

प्रकाशित मिति: : 2020-06-12 13:12:45

प्रतिकृया दिनुहोस्