वीरगञ्जमा एक शवसहित थप ६ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्जमा एक शवसहित थप ६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको छ ।

सखुवा प्रसौनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३ जना, वीरगञ्ज महानगरपालिका निवासी २ जना र घण्टाघरमा फेला परेको बेवारिसे शवमा कोरोना संक्रमण देखिएकाे नारायणी अस्पतालका मेसु डा मदन उपाध्यायले जानकारी दिए। 

उनका अनुसार मृतक अन्दाजी २५ वर्षका छन्। उनकाे परिचय खुल्न सकेकाे छैन।

यस्तै सखुवा प्रसौनीको क्वारेन्टाइनमा रहेका ३ र १५ वर्षीय बालकमा पनि कोरोना स‌ंक्रमण पुष्टि भएको छ भने सोही क्वारेन्टाइमा रहेकी ३० वर्षीय महिलमा पनि संक्रमित भएकी छिन्।

यता वीरगञ्जका एक ३४ वर्षीय पुरुषामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनी कुम्हाल टोल ५ का हुन्। यता भारतको तिरुपति बालाजीबाट आएका एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ। उनी पनि कुम्हाल टोलकै हुन्। 

प्रकाशित मिति: : 2020-06-12 22:55:54

प्रतिकृया दिनुहोस्