संविधान संशोधन प्रस्तावमा मतदान गर्न दुई ‘भारतीय चेली’ सरिता गिरी र अमृता अग्रहरी अनुपस्थित

नेपालको अद्यावधिक नक्सा समेटिएको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ।  

भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित गरिएको हो। 

बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् । यससँगै संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे।

तर मतदान गर्नको लागि दुई भारतीय चेली सरिता गिरी र अमृता देवी अग्रहरी भने उपस्थित भइन्। 

संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएकी जनता समाजवादी पार्टी (जसपा) की सांसद गिरी भने संसद भवन पुगेकी थिइन्। तर बोल्न नदिएपछि उनी संसद बैठकबाट बाहिरिएकी थिइन्।

सभामुख अग्निप्रसाद सापकोटाले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि गिरीले दर्ता गराएको संशोधन अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिरिएकी हुन्।

गिरीले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराएकी थिइन्। तर संशोधन प्रस्ताव अस्वीकृत भएपछि सांसद गिरी बोल्नका लागि उठेकी थिइन्। तर सत्तापक्षका सांसदले होहल्ला गरेपछि सभामुख सापकोटोले संशोधन प्रस्ताव प्रक्रिया नपुगेकाले अस्वीकृत गरेको जानकारी गराउँदै बोल्न समय नदिइएको बताए।

सभामुख सापकोटाले सुरुमा सरिता गिरीलाई छोटोमा कुरा राख्न भनेका थिए। तर होहल्ला भएपछि रुलिङ गरेका हुन्। त्यसपछि गिरी संसद भवन बाहिर निस्किएकी छन्।
 

प्रकाशित मिति: : 2020-06-13 17:54:48

प्रतिकृया दिनुहोस्