पर्सामा एम्बुलेन्स चालकसहित थप १७ जनामा कोरोना पुष्टि, पर्सामा संक्रमितको संख्या १४१ पुग्यो

पर्सामा आइतबार बिहान एम्बुलेन्स चालकसहित थप १७ जनामा कोरोना पुष्टि भएको छ।

वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा गरेको परीक्षणमा ३ महिलासहित १७ जनामा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए।

पोखरीया नगरपालिकाका एक जना एम्बुलेन्स चालक पनि संक्रमित भएको उप-मेयर सलमा खातुनले बिएल नेपाली सेवालाई जानकारी दिइन्।

१७ जना थपिएसँगै पर्सामा कोरोना संख्या १४१ पुगेको छ। आइतवार थपिएका १७ जनामा वीरगजकी ३२ वर्षीया, पोखरीयाकी ३७ वर्षिया र पर्सागढिकी ३१ वर्षिया महिला छन्।

१४ जना थपिएका पुरुषहरूमा पोखरीयाका २५,२२,३५,४५,२४,३०,२९ र ३६ गरी ८ जना छन्। बाँकी ६ जनामा बहुदरमाई नगरपालिकाका २४ वर्षे, सखुवा प्रसौनी ३ का ४० वर्षे, विन्दवासिनी–३ का २६ वर्षे, जिराभवानी गापा १ का ३२ वर्षे, धोबिनी गापाका २७ वर्षे, पटेर्वा सुर्गौली १ लक्ष्मीपुरका ३७ वर्षे र सोही पालिका वडा नं ५ का २० वर्षे पुरूष छन्।

१७ जना मध्ये पोखरीयाको क्वारेन्टाइनबाट १० जना, विन्दावासिनीका २ जना जिराभवानी गापाको क्वारेन्टाइनबाट १, धोबिनीबाट १, पर्सागढीबाट १ र पटेर्वासुगौलीबाट २ नयाँ संक्रमित भेटिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायले जानकारी दिए।

संक्रमित सबैलाई गण्डक कोभिड अस्पतालमा राखेर उपचार गरिने भएको छ।

योसँगै गण्डक अस्पतालमा अब ४४ जना उपचारका भर्ना भएका छन्। यसअघि २७ जना उपचाररत छन्।

गण्डक कोभिड अस्पताल ५० बेडको आईसोलेशन वार्ड हो।

पर्सामा एक साता अघि संक्रमण दर घटे पनि पछिल्लो ४ दिनयता संक्रमित फेला पर्न थालेका छन्। अझै पनि पर्साको १४ वटा पालिकाको ३६ क्वारेन्टाइनमा भारतबाट आएका करीब ७ सय व्यक्ति बसिरहेका छन्।

प्रकाशित मिति: : 2020-06-14 10:27:52

प्रतिकृया दिनुहोस्