रुकुम घटना : फेसबुकमा 'ब्लक' गरेकी थिएँ, भाइको मोबाइलबाट कुरा गर्थें [नवराजकी प्रेमिकाको बयान]

काठमाडौं- रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा ६ जनाको हत्या भएको घटनाको मुख्य केन्द्रमा सोतीकै मल्ल थरकी एक किशोरी छन्। यो हत्याको मुख्य कारण उनै किशोरी र जाजरकोटको भेरी नगरपालिकाका नवराज विकको प्रेम सम्बध रहेको देखिएको छ।

यही केन्द्रमा रहेका दुई पात्रमध्ये एक नवराज विकको ज्यान गइसकेको छ भने अर्की पात्र उनकी प्रेमिका अहिले प्रहरी हिरासतमा छन्। ती किशोरीले घटनाका बारेमा प्रहरी समक्ष यस्तो बयान दिएकी छिन्। 

मृतक नवराज बिकले मिति २०७५ साल फागुन महिनामा मलाई फेसबुकमा फ्रेण्ड रिक्वेस्ट पठाएको थियो। मैले एक्सेप्ट गरी सोही मिति देखी साथी भई कुराकानी र भेटघाट हुने गथ्यो।

परिचय हुँदै गएपछि, मिति २०७६ साल पौष १४ गते जाजरकोट खंलगामा रमाईलो मेला लागेकाले मेला हेर्न गएको मौकामा नवराजसँग भेट भएकोले सो रातमा नवरावजै घरमा बाँस बसेँ। भोलिपल्ट घर गएकी हुँ। सो पश्चात पनि मिति २०७६ पौष महिना गते एकिन भएन, नवराज बिकको बहिनी नाता पर्ने मेरो साथी पूजा भन्नेको भाईको जन्मदिनमा गएको मौका समेत भेट भएकोले सो दिन समेत नवराजकै घरमा गई सुतेँ। भोलिपल्ट घर फर्किए।  

सो समयमा मृतकका घर परिवारले मलाई विवाह गरी आएकी भन्ने सोचेका रहेछन्। तर म विवाह गरी गएकी होईन, निजले फोनमा मलाई विवाह गरौं भनि कुरा गर्दथ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिए।

निजको घरमा बसेको त्यति नै हो। मलाई मिति एकिन भएन मृतक नवराज बिकले आफ्नो साथी चरी भन्नेलाई साथमा ल्याई मेरो घरमा आई म र बज्यै घरमा सुतिरहेको अवस्थामा झ्यालबाट ढुङ्गा र मकैको खोया समेतले हान्दै गरेको बज्यैले देख्नु भएको रहेछ। 

प्रकाशित मिति: : 2020-06-15 16:00:23

प्रतिकृया दिनुहोस्