बलिउड अभिनेता सुशान्त सिंह राजपूतको दाहसंस्कार गरिएको छ। विले पार्लेस्थित पवन हंस शवदाह गृहमा परिवारका सदस्य र फिल्मकर्मीको उपस्थितिमा अन्तिम संस्कार गरिएको हो।
कोनोना भाइरसको कारण सुशान्तको अन्त्येष्टिमा धेरै व्यक्ति उपस्थित भएनन्। तर बलिउड र टिभीका धेरै स्टार सुशान्तलाई अन्तिम विदाई दिन पुगे।
यी सेलिब्रेटीहरूमा श्रद्धा कपुर, राजकुमार राव, निर्देशक अभिषेक कपुर, वरुण शर्मा, क्रिस्टल डिसूजा, विवेक ओबेराय, पूजा चोप्रा शामिल थिए।
यस्तै उनकी भूतपूर्व प्रेमिका कृति सेनन पनि पुगेकी थिइन्। सुशान्तको अन्त्येष्टिको समयमा मुम्बईमा ठूलो पानी परिरहेको थियो। यसकारण सेलेब्रेटहरू भिजेका देखिन्थे। कोरोनाको कारण सेलेब्रेटीहरूले मास्क र ग्लोभज लगाएका थिए।
सुशान्तको परिवार उनका अन्तिम संस्कारका लागि पटनाबाट मुम्बई पुगेका थिए। उनको परिवारले उनलाई ओसिलो आँखाले अन्तिम विदाई दिए।
यो क्षण सुशान्तको परिवारका लागि गाह्रो थियो। सुशान्तका बुबा आफ्नो कान्छो छोरा गुमाउँदा अझै पनि चकित छन्। सुशान्त चार दिदीबहिनीका एक मात्र भाइ छन्।