सन्दीप बुवा र बहिनीलाई लिन सुनौली बोर्डर पुग्दा हेर्नेको भीड

नेपालका स्टार लेग स्पीनर सन्दीप लामिछाने आफ्नो बुवा र बहिनीलाई लिन बुटवलस्थित सुनौली बोर्डर पुगेका छन्।

चितवन निवासी सन्दीपका बुवा तथा बहिनी भारतमा रहेको बेला कोरोना भाइरसको संक्रमणका कारण उतै थुनिएका थिए। सन्दीपका बुवा चन्द्रनारायण भारतीय रेल्वेका सेवानिवृत्त कर्मचारी हुन्। 

उनी भारतको राजधानी दिल्लीमा पनि बसोबास गर्छन्। इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली डेयरडेभिल्सबाट प्रतिनिधित्व गर्ने सन्दीप नेपाली क्रिकेटका उदाउँदा तारा हुन्। उनले बुवा भारतको हरियाणामा रहेको बेला क्रिकेटको सुरुवात गरेका थिए। 

सन्दीप सन् २०१८ देखि दिल्ली डेयरडेभिल्सका नियमित सदस्य हुन्। बुटवलको सीमा नजिक बुवा र बहिनीलाई लिन जाँदा उनलाई हेर्नेको भीड लागेको भारतीय अखबारले पनि बताएको छ।

प्रकाशित मिति: : 2020-06-16 14:57:36

प्रतिकृया दिनुहोस्