प्रधानमन्त्री ओलीका निजी चिकित्सक आईओएमको डिनमा नियुक्त

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा डा. दिव्या सिंह शाह नियुक्त भएकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत रहेकी शाहलाई त्रिवि कार्यकारी परिषद्ले डिनमा नियुक्त गरेको रजिस्टार पेशल दाहालले जानकारी दिएका छन्।

बुधबार नै प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटीले शाहसँगै प्रा. डा. प्रदीप वैध र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम डिनका लागि  सिफारिस गरेको थियो।

आईओएमका तत्कालीन डिन प्रा. डा. जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण २१ जेठमा अवकाश पाएका थिए।

प्रकाशित मिति: : 2020-06-17 21:05:28

प्रतिकृया दिनुहोस्