बेलायती प्रधानमन्त्री सडक दुर्घटनाबाट जोगिए, गाडी क्षतिग्रस्त (भिडियाेसहित)

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सडक दुर्घटनाबाट जोगिएका छन्। 

उनको कार बुधबार लन्डनको संसद भवनभन्दा बाहिर दुर्घटनाग्रस्त भएको थियो। प्रदर्शनमा उत्रिएका युवाहरू अचानक उनको गाडी अगाडि दौडिएपछि दुर्घटना भएको थियो। 

प्रधानमन्त्रीसँगै हिडेको गाडीहरू एकअर्कासँग ठोकिएका थिए। प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटका अनुसार यो घटनामा कसैलाई गम्भीर चोट  लागेको छैन। घटना प्रधानमन्त्री जोन्सन ‘साप्ताहिक प्रधानमन्त्रीको प्रश्न (पीएमक्यू)’ सत्रमा समावेश भएर हाउस अफ कमन्सबाट बाहिर निस्किने क्रममा भएको थियो। घटनाको फोटो सोशल मिडियामा भाइरल भएको छ।

Police detain a man after the incident outside parliament
 
दुर्घटनामा प्रधानमन्त्रीको गाडी क्षतिग्रस्त भएको छ। प्रधानमन्त्रीकै सुरक्षामा खटिएकोे गाडीको ठक्करले जोन्सन चढेको सिल्भर जगुआर कारको पछाडिको भाग क्षतिग्रस्त भएको हो। 

 प्रदर्शनकारीलाई अगाडि देखेपछि चालकले एक्कासी ब्रेक लगाउनु पर्दा दुर्घटना भएको हो।  प्रदर्शनकारीलाई स्कलल्याण्ड यार्ड प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2020-06-18 08:37:00

प्रतिकृया दिनुहोस्