भाइ–भाइको झगडामा तेस्रो पक्षलाई घुसाउन हुँदैन, भारतसँग छलफल गरे समस्या समाधान हुन्छ-मास्टर थापा (भिडियो)

हिन्दुवादी अभियन्ता तथा नेपाली कामदार सेना भारतका अध्यक्ष मास्टर थापाले पछिल्लो नेपाल–भारत सम्बन्धलाई गम्भीर चासो र चिन्ताका साथ लिएका छन्। 

चार दशकदेखि भारतको मुम्बईमा बसोबास गरिरहेका नेपालीमूलका थापाले दुई देशबीचको सीमा विवाद कुटनैतिक ढंगले समाधान गनुपर्ने बताए। ‘मित्र राष्ट्रहरुबीच सीमा, सन्धि लगायत विवादहरु हुन्छन्। ती विवादहरुलाई वार्ताको माध्यमबाट समाधान गरिनुपर्छ,’ उनी भन्छन्।

केही दिनअघि नेपाल–भारत सिमाना भएको फायरिङले आफूलाई दुःखी तुल्याएको उनले बताए। ‘अहिले लिपुलेख, कालापानी र लिम्पियाधुराको विवाद जारी छ। यस्तो अवस्थामा दुई देशका जनता र सुरक्षाकर्मीहरु अति समवेदनशील हुनुपर्ने समय हो,’ थापाले भने। 

भाइ–भाइको झगडामा तेस्रो पक्षलाई घुसाउन नहुने उनको तर्क छ। साथै उनले कालापानीमा राजा महेन्द्रलाई भारतीय तत्कालीन प्रधानमन्त्री नेहरुले सोधेर आफ्ना सैनिक बसालेका प्रमाणहरू नेपालसँग सुरक्षित हुनुपर्ने विचार प्रकट गरे। भारतसँगको विशेष सम्बन्धलाई महत्वका लागि राख्नुपर्ने उनले दोहोर्‍याए।

मित्रवत सम्बन्धका साथ दुई मुलुका नेताहरुबीच राजनीतिक नेतृत्वले समास्या सुल्झाउनुपर्ने उनले बताए। ‘नेपाल–भारत सम्बन्ध नेपाली प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बीचको सम्बन्ध मात्रै होइन। यो त केदारनाथ र पशुपतिनाथको सम्बन्ध हो। यो राम र सीताको सम्बन्धले हो। अझ नेपाल र भारतका जनता–जनता बीचको सुमधुर र स्थापित सम्बन्ध हो,’ थापाले भने। 

विश्वको एक मात्र हिन्दु राष्ट्रका रूपमा चिनिएको नेपाल विश्वका हिन्दुको आस्थाको केन्द्रलाई धर्मनिरपेक्ष राष्ट्र बनाएकोमा भने उनको आपत्ति छ। ‘यस्तो गौरवमय राष्ट्रको अस्मिता र पहिचान समाप्त पारेर इसाईकरणतर्फ लैजानु उचित हुँदैन्थ्यो,’ उनले भने,‘ नेपाललाई हिन्दु राष्ट्रका रूपमा कायम राख्नु नै विश्वका हिन्दुधर्मावलम्बीप्रतिको सम्मान हुनेछ, यस बारेमा अझैपनि सोच्न नेपाली युवा पुस्ताका राजनीतिज्ञलाई मेरो आग्रह छ।’

हिन्दु राज्यका सन्दर्भमा जनताको चाहनाअनुसार संविधानमा रहेका त्रुटी सच्याउनुपर्ने थापाको तर्क छ। नेपाल हिन्दु राष्ट्र रहँदा इसाई, मुसलमान आदि सबै आफ्नो धर्म मान्न स्वतन्त्र रहने हिन्दुवादी अभियन्ता समेत रहेका थापाले बताए। 

सबै धर्मावलम्बीलाई आफ्नो धर्म, संस्कार र परम्पराअनुसार चल्ने स्वतन्त्रता हिन्दु धर्मले नखोस्ने समेत नेता थापाको भनाई छ। ‘हिन्दु धर्म सबैप्रति उदार र सहिष्णु छ। तर नेपालमा अनेकौं प्रलोभन दिएर धर्मपरिवर्तन गराउँन नेपालका कम्युनिष्ट–कांग्रेसहरु भाइ–भाइ जस्तै देखिएको छ,’उनले भने।  

भारतीय कांग्रेस, पश्चिमा शक्ति र अमेरिकन लगायतको डिजाइनमा तत्कालिन माओवादीले हिन्दुलाई घात गरेको आरोप उनले लगाए। नेपाललाई धर्मनिरपेक्ष राष्ट्रका रूपमा व्याख्या गर्नेहरू वैचारिक रूपमा दिग्भ्रमित भएको बताए। नेपाल हिन्दु अधिराज्यका रूपमा रहँदा पनि कसैको हानि–नोक्सानी नहुने र आफ्नै कालमा नेपाल पुनःहिन्दुराज्य हुने समेत दाबी गरे।

राजतन्त्रका सन्दर्भमा थापाले राजा ज्ञानेन्द्रको कार्यशैली पनि फेरिनुपर्ने तर्क गरे। ‘राजाका छेउछउमा बस्नेहरुले राजालाई चिन्ने अवसर दिएनन्,’ उनले भने। हिन्दुवादी अभियन्ता मास्टरको कमल थापाप्रति निकै नै गुनासो छ। उनी कमल थापालाई सत्ता मोहमा लुप्त र असफल राजनीतिज्ञका रुपमा चित्रण गर्छन्।

माओवादी पार्टी मुलधारको राजनीतिमा आएपछि नेपालको विकास ओरालो गतिमा लागेको र नेपाली–नेपालीहरु लड्नु, भिड्नुपर्ने स्थीतिमा आएको उनले बताए। उनले माओवादी काठमाडौं छिरेसँगै देशको पहिचानमा धक्का लागेर विश्वभरका हिन्दु चिन्तित भएको बताए। 

पछिल्लो ओली–प्रचण्डको राजनीति निहित स्वार्थ र पुरानो नेपाल–भारत सम्बन्ध बिर्गाने बाटोमा हिँडिरहेको उनको बुझाइ छ। ‘गरिब, मजदुरहरुको हक अधिकार कुरा गर्ने माओवादीले जनतालाई धोका दिएको उनको बुझाई छ। हजारौं मारिए, अंगभंग भए तर जनताले के पाए त?,’ प्रचण्डलाई उनले पश्न गरे। वीर गोर्खाका नामले चिनिने नेपालीहरु गर्वलाग्दो इतिहास ओली, देउवा र प्रचण्डले आफ्नो राजनीतिक पसल टिकाउनलाई बर्बादी उनले तर्फ लिए। 

‘अहिले सबै नेपालीहरुको कानकानमा पुगेको अमेरिकन अनुदान एमसीसी परियोजना पनि देशका लागि घातक छ। यो कदापि स्वीकार्नु हुदैँन,’ उनले भने। 

थापाले पहिलो कार्यकालमा प्रधानमन्त्री ओली मुम्बई भ्रमणमा आउँदा भारतीय उद्योगपति, फिल्मकर्मी लगायतसँगको समन्बयमा नेपालका बिभिन्न स्थानमालाई फिल्म सिटी बनाउँने योजना सुनाएका थिए। भारतको महाराष्ट्रमा १२ देखि १५ लाख नेपालीहरु बसोबास गर्दछन्। 

यहाँ बस्नेहरुलाई माहावाणिज्य दूतावासको अभाव महसुस गरे पनि थापाले तत्कालिन प्रधानमन्त्री केपी ओली, माधबकुमार नेपाल, सुशिल कोइराला तत्कालिन परराष्ट्रमन्त्री कमल थापा, उपेन्द्र यादब लगायतलाई बारम्बार तातेका गर्दा पनि सुनुवाई नगरेको गुनासो गरे। 

मास्टर थापा भारतको महाराष्ट्र राज्य सरकारको सबैभन्दा निकट छन्। अहिले यहाँ शिव सेना गठबन्धनको सरकार छ। उनी शिव सेनाका स्थानीय नेता समेत हुन्। पार्टीका संस्थापक नेता ह्दय हिन्दु सम्राट बाल साहेब ठाकरेसँग नजिक रहेर काम गर्न पाउने थापा भाग्यमानी ब्यक्ति हुन्।

यीनै थापाले बाल साहेब ठाकरेको मृत्युपछि २०१२ नोभेम्बर १७ कागबेनी पुगेर अस्तु सेलाई मुम्बई फर्किएका थिए। अस्तु सेलाई मुक्तिनाथ पुगेर नुहाएरका थापाले बाल साहेब ठाकरेको नेपाल पुग्ने सपना पनि पुरा गरेको बताउँछन्। ‘साहेबको पशुपतिनाथ, मुक्तिनाथ पुग्ने पुग्ने ठूलो इच्चा थियो। उहाँले बारम्बार भन्नुहुनथ्यो तर, तत्कानिल भाजपा सरकारले सुरक्षा थ्रेट बताएपछि जान सक्नुभएन्,’ थापाले स्मरण गरे।

प्रकाशित मिति: : 2020-06-20 13:32:35

प्रतिकृया दिनुहोस्