भारतबाट राजदूत फिर्ता बोलाएर किन स्पष्ट सन्देश दिँदैन नेपाल

जीवन डाँगी

नयाँ दिल्ली

भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर राजनीतिक र प्रशासनिक नक्सा प्रकाशित गरेपछि, नेपाल सरकारले तत्कालै आपत्ति जनायो। लगतै परराष्ट्र मन्त्रालयमार्फत वार्ताका लागि कुटनीतिक नोट समेत पठाइयो तर, भारतीय पक्षले कुनै वास्ता गरेन।

भारतले नेपाली भूमि समेटेर जारी गरेको नक्सा बारे दिल्लीस्थित नेपाली दूतावास मौन थियो। मानौं उसलाई कुनै जानकारी नै छैन। नक्साबारे समाचार नेपाली संचारमाध्यममा आएपछि एकाएक चर्चामा आयो र सरकारले कुटनीतिक प्रयास थाल्यो।

भारतका लागि नेपाली राजदूत नीलाम्वर आचार्य दिल्ली प्रवेशसँगै नेपाल–भारत सम्बन्ध झन् चिसिएको छ। राजदूत आचार्यको अपरिपक्वता र भारतप्रति स्पष्ट अडान नभएका कारण पछिल्लो समय नेपाल र भारतबीचको सम्बन्धमा थप चिसोपना आएको लेखक प्रवीणसिंह विक बताउँछन्।

दुई देशबीचको सम्बन्ध स्थापित गर्न राजदूतको भूमिका पुलको जस्तै हुन्छ तर, राजदूत आचार्य दिल्ली दुतावासमा भए पनि नेपाल–भारत सम्बन्ध र नेपालमा हुने कुटनीतिक रिपोर्टिङमा उनको काम-कारबाही पुल बिनाको नदीभन्दा खासै फरक नभएको साझा सद्भाव समूह भारतका संयोजक गंगाप्रसाद भट्टराईले बताए।

यसअघिका राजदूतहरुले गर्ने समन्वय र काम गर्ने शैली निकै फरक भएको महाराष्ट्र सरकार निकट नेपाली मास्टर थापाको बुझाई छ। ‘राजदूतभन्दा निकट र कुटनैतिक बनाउँन सक्ने नेपालीहरु थ्रुपै छन् तर उहाँ नेपाल–भारतको एतिहासिक सम्बन्ध र भारतीय पक्षसँग समन्बय गर्ने बारे सून्य क्षमता राख्नु हुँदो रहेछ’,थापाले भने।

राजदूत आचार्यले भारतीय विदेश मन्त्री एस जयशंकरलाई एकपटक मात्रै भेटेका छन्। त्यो पनि नेपाल–भारतबारे कुनै खास कुरा गर्न होइन फूल बोकेर बधाई दिन। उनले पटक–पटक भेट्न खोज्दा समेत भारतीय विदेश मन्त्रलायले राजदूत आचार्यलाई भेट्न समय दिएको छैन। आफूले नै रुचाएर मगाएको राजदूतलाई भारतले अहिले फुटबल जस्तै खेलाएको भारतमा कार्यरत नेपाली समूदायको विचार छ। ‘राजदूत आचार्यले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने त सपना जस्तै बनेको छ’ – थापा भन्छन्। 

लिपुलेकमा पहिलो सर्वे गर्ने श्रीदेव शर्मा भन्छन्– नेपाल एकीकरण भन्दाअघिको नक्सा चिनियाँसँग सुरक्षित छ (भिडियाेसहित)

भारतीय जनता पार्टीका नेताहरुसँग भेटघाट गर्ने राजदूत आचार्यको माध्यम उत्तराखण्डका पूर्वमुख्य मन्त्री तथा महाराष्ट्र राज्यपाल भगतसिंह कोश्यारी हुन्। कोश्यारी समेत अहिले नेपालको पछिल्लो राजनीतिक चित्रले आचार्यबाट टाढिएका छन्। राजदूत आचार्य नेपाल–भारत सीमा विवादका सन्दर्भमा मात्रै असफल भएनन् उनी त आफैं सदस्य रहि तयार पारेको प्रबुद्ध (इपीजी) प्रतिवेदन भारतीय पक्षलाई बुझाउन समेत असक्षम रहे।

राजदूत आचार्य, जसबाट अब नेपालले के आशा गरोस् र खै?

राजदूतको रुपमा दिल्ली आएका आचार्य राजदूतहरु मध्येकै कमजोर राजदूत भएको आरोप लाग्ने गरेको छ। कुटनीतिक सम्बन्ध मात्रै होइन, कोरोना महामारीमा समेत राजदूत आचार्यको भुमिका राम्रो देखिएन।

ओली ‘बा’ तिम्रा राजदूत फिर्ता लैजाउ!

उनलाई भारतीय संस्थान पक्षले खासै महत्व नदिइरहेको बेला नेपाल सरकारले फिर्ता बोलाएर भारतलाई कुटनीतिक जवाफ दिनुपर्ने भनाई पनि धेरैको छ।

प्रकाशित मिति: : 2020-06-21 14:35:00

प्रतिकृया दिनुहोस्