फराकिलो जितसँगै लिभरपुल उपाधि नजिक

इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुल फराकिलो निकाल्दै उपाधि नजिक पुगेकाे छ।

बुधबार राती घरेलु मैदान एनफिल्डमा लिभरपुलले क्रिस्टल प्यालेसमाथि ४-० काे जित हात पारेकाे हाे।

खेलको २३ औं मिनेटमा नै लिभरपुलले अग्रता लिएको थियो। ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले फ्रिकिकमा सिधै गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए।

पहिलो हाफको अन्तिम मिनेटमा लिभरपुलले अग्रता दोब्बर पार्यो। मोहमद सलाहले फाबिन्होको पासमा गाेल गरे। 

दोस्रो हाफको ५५ औं मिनेटमा फाबिन्होले लामो दुरीबाट गोल गर्दै लिभरपुलको जित पक्का गरे। ६९ औं मिनेटमा सलाहको पासमा मानेले गोल गरे। 

जितसँगै लिभरपुल टाइटल जित्नबाट मात्र एक स्टेप टाढा रहेको छ। लिभरपुलले अर्को खेल दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग इतिहाद रंगशालामा खेल्नेछ। 

अंक तालिकामा लिभरपुलले ३१ खेलमा ८६ अंक जोडेको छ। दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ३० खेलमा ६३ अंक छ।

 प्यालेस भने ३१ खेलमा ४२ अंकसहित नवौं स्थानमा यथावत नै छ।
 

प्रकाशित मिति: : 2020-06-25 06:04:44

प्रतिकृया दिनुहोस्