कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आइतबार बस्दै छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बस्ने बैठक बस्ने उपसभापति विमलेन्द्र निधिले जानकारी दिए।

कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले सोहीबारे छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको उपसभापति  निधिले जानकारी दिए। कांग्रेसले १४औं महाधिवेशन सम्पन्न गर्नका लागि क्रियाशील सदस्यता वितरणलाई समेत अगाडि बढाइसकेको थियो।

कांग्रेसको १३ औं महाधिवेशन वि.सं. २०७२ फागुनमा सम्पन्न भएको थियो।

प्रकाशित मिति: : 2020-06-28 08:48:35

प्रतिकृया दिनुहोस्