बार्सिलाेनालाई उछिन्दै रियल शीर्षस्थानमा

रियल मड्रिड झिनाे जितसँगै स्पेनिस ला लिगाकाे अंक तालिकाको शीर्षस्थानमा उक्लिएकाे छ। 

आइतबार राति भएकाे खेलमा एस्पान्योलमाथि १-० को जित दर्ता गर्दै रियल शीर्षस्थानमा उक्लिएकाे हाे।

रियलकाे जितमा क्यासेमिरोको एक मात्रै गाेल निर्णायक बन्याे।

रियलले पहिलो हाफको अन्तिम मिनेटमा गाेल गर्न सफल रहयो। करीम बेन्जेमाले दिएको पासलाई क्यासेमिरोले गोल गरे।

त्यहि गोल रियललाई जित दिलाउन पर्याप्त रहयो।

जितसँगै रियलले स्पेनिस ला लिगाको शीर्षस्थानमा २ अंकको अग्रता कायम गरेको छ।

 रियलको ३२ खेलमा ७१ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ६९ अंक रहेको छ।

एस्पान्योल भने ३२ खेलमा २४ अंकसहित पुछारमा यथावत छ।

प्रकाशित मिति: : 2020-06-29 05:40:27

प्रतिकृया दिनुहोस्