कराची बिस्फोटमा मर्नेको संख्या ९ पुग्यो

हात हतियारले सुसज्जित आतंकवादीको हमलामा पाकिस्तानको कराची स्टक एकस्चेन्जमा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ।

एके–४७ तथा ह्याण्ड ग्रिनेड जस्ता आधुनिक हतियारले सुसज्जित कारमा आएका चार आतंकवादी सेनाको पोशाकमा आएर हत्याको शृंखला मच्चाएको घटनाका प्रत्यक्षदर्शीले बताएका छन्। 

आतंकवादीले सुरुमा गेटमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए। पाकिस्तानको जिओ टिभीका अनुसार घटनामा ४ सुरक्षाकर्मी र एक प्रहरीको निधन भएको छ। पाकिस्तानी प्रहरीले जवाफी कार्यवाहीमा ४ आतंकवादी पनि मारिएको बताएका छन्।

प्रहरीले स्थानीयलाई घटना भएको ठाउँबाट खाली गराएको छ। आतंकवादीहरू आधुनिक हातहतियार बोकेर आएको र उनीहरूसँग झोलामा बिस्फोटक सामान भएको प्रहरीले दावी छ। 

प्रधानमन्त्री इमरान खानले घटनामा ज्यान गुमाउने परिवारप्रति हार्दिक संवेदना प्रकट गरेका छन् र सुरक्षा निकायलाई कडा रूपमा प्रस्तुत गरेका छन्। 

उनले आतंकवादीलाई कराची स्टक एक्सचेन्जको हलभित्र प्रवेश गर्न रोकेकोमा सुरक्षा निकायको तारिफ गरेका छन्। कराचीका सहायक इन्स्पेक्टर सर्जिल खरालले भने, ‘यो आतंकवादी हमला हो। यसमा कुनै शंका छैन।’

प्रकाशित मिति: : 2020-06-29 16:05:10

प्रतिकृया दिनुहोस्