साम्राज्ञी,  भुवनले गाला नजिक ओठ लगेर 'बाबा' भनेकी तिमी पहिलो हैनौं !

चलचित्रले समाचार मात्र हैन, गसिप पनि उत्पादन गर्छ। यी दुबैको मिश्रण हुने भएकाले यो पत्रकारिताले फरक नाम पाएको छ- पेज थ्री जर्नालिज्म। पत्रकारितामा समाचार नहुने केही विषयको सूची छ त्यसमा गसिप पनि पर्छ। 

चलचित्रमा काम गर्नेले आफुलाई सेलेब्रेटी भन्ने गर्छन् र अलि चले भने आफूलाई स्टारमा बढुवा गर्छन्। यस्ता उपमा पत्रकारले हैन, उनीहरूका प्रवर्द्धकले बढी मात्रामा प्रयोग गर्छन्। संसारमै कहलिएका हलिवुड, बलिवुडलगायतका ठूला चलचित्र उद्योगले मज्जैले यस्ता कुराहरूको अभ्यास गर्दैआएका छन्। त्यसमाथि पनि काम नपाएका वा क्रमश: स्टारडम हराउँदै गएका सेलेब्रेटीले त यसको अलि बढी नै प्रयोग गर्छन्।

भनिन्छ, खालि दिमाख सैतानको घर। यतिबेला कोरोना कहरले भौतिक संसारका गतिविधिमा नाटकीय रूपमा कमी आएको छ। त्यसमा पनि चलचित्रजस्ता मनोरञ्जन उद्योग त पूरै ठप्प भएको छ। यस्तो अवस्थामा उनीहरू इन्स्टाग्राम, फेसबुक, ट्विटर, युट्युव, टिकटकजस्ता भर्चुअल प्लेटफर्ममा सिमीत भएका छन्। 

नेपाली चलचित्र र सेलिब्रेटीको हालत पनि नाजुक अवस्थामा छ।सेलिब्रेटीहरू बेकामे मात्र भएका छैनन्, उनीहरूको झिलिमिलि जीवनको रङ पनि उड्दैछ। गोजी रित्तिदै गएपछि जीवन श्याम/श्वेत हुन थाल्छ। यो रङमा खासै नरमाउने उनीहरू ग्रेलाइन खोजिरहेका छन्। 

यही प्रसंगमा नेपालका दुई सेलिब्रेटीले सामाजिक सञ्जालमा बेमौसमको बजा बजाएका छन्। इन्स्टाग्राममा ट्याम्को लिएर आएकी थिइन् छोरो पुस्ताकी सामाज्ञी शाह। बाबु पुस्ताका भुवन केसीले फेसबुकमा दमाहा नै बजाइदिए । उनीहरूले ट्याम्को र दमाहा बजाएपछि अरू पनि यसलाई पञ्चेबाजा बनाउन सहनाई, झ्याम्टा र नरसिंहा लिएर सामाजिक सञ्जालमा उत्रेका छन्। तर, यी सबैले बेतालको बाजा बजाएर आफैलाई नांगेझार बनाउँदै जगत हसाइरहेका छन् ।

अर्थात्, भुवनले 'बाबा तँ त मेरो प्रडक्ट हो' भनेकी साम्राज्ञी पहिलो सेलेब्रेटी हैनन्, न अन्तिम नै हुन्। किनकि, भुवन आफैं पनि हाकाहाकी भन्छन्, 'भगवानले मलाई यसैका लागि पठाएका हुन्।' यही भनेर हैन, गरेर नै उनी अहिले नेपालको सत्तारूढ कम्युनिष्ट पार्टीको पार्टी सदस्यसमेत  छन्। पार्टी सदस्य मात्र हैन,  समानुपातिक सांसदमादेखि चलचित्र विकास बोर्डको अध्यक्षको सिफारिसमा नाम पार्ने हैसियतसम्म राख्छन् उनी।  

साम्राज्ञीले नाम नलिइकन भुवनमाथि आरोप गाला जोडेर 'बाबा तँ त मेरो प्रडक्ट' हो भनेर परभर्ट व्यवहार गरेको आरोप लगाएकी छिन्। सारमा उनले भेट्रन स्टार भुवन केसीमाथि यौनदुर्व्यवहारको आरोप नै लगाएकी हुन्। उता, भुवनले पनि त्यसलाई काम  नपाएको दिग्दारीका रूपमा अर्थ्याउँदै 'जुन थालमा खाने त्यही थालमा दुलो पार्ने' भनेर जवाफ दिएका छन्। त्यसपछि सुरू भएको जुहारीले समाचारको हैन, गसिपको रङ्ग थप्दै गएको छ। 

यो जुहारीमा रमाइलो देख्ने पनि छन्, रमाइलो लेख्ने पनि छन्। अर्थात् यो रंगहिन हैन, रंगीन हुँदैछ। कतिसम्म रंगीन हुने हो, त्यसको निर्णय त भुवन र साम्राज्ञी कति भिजेका थिए र अहिले लुगा निचोर्दैछन्, त्यसैले निर्धारण गर्छ।

नेपाली चलचित्रमा भुवन केसीको छवि रोमान्टिक छ। उनी नेपाली चलचित्र क्षेत्रका कृष्ण नै हुन्। कृष्णले लीला मञ्चन गर्नु अस्वभाविक हैन। युवतीको गाला नजिकै मुख लगेर साउती गर्ने त भुवनको पुरानै बानी हो। कतिले मुख भुवनका गुलावी ओठ ठेले होलान्, कतिले खेपे होलान्, त्यसको हिसाब किताव त भुवनसँग पनि छैन। 

अर्थात्, भुवनले 'बाबा तँ त मेरो प्रडक्ट हो' भनेकी साम्राज्ञी पहिलो सेलेब्रेटी हैनन्, न अन्तिम नै हुन्। किनकि, भुवन आफैं पनि हाकाहाकी भन्छन्, 'भगवानले मलाई यसैका लागि पठाएका हुन्।' यही भनेर हैन, गरेर नै उनी अहिले नेपालको सत्तारूढ कम्युनिष्ट पार्टीको पार्टी सदस्य छन्। समानुपातिक सांसदमा नाम परेकै थियो, केही समयअघि चलचित्र विकास बोर्डको अध्यक्षका लागि पनि नाम सिफारिस भयो।

कृपया, यसलाई समाचार नठान्नु होला । यो पनि एउटा गसिप नै हो। पेज थ्री जर्नालिज्ममा यस्ता गसिप भैरहन्छन्।

आगे उनीहरू नै जानुन् ।

प्रकाशित मिति: : 2020-06-30 10:28:02

प्रतिकृया दिनुहोस्