खेलकुद विकाश ऐन–२०४८ खारेज, नयाँ ऐन लागु गर्ने तयारी

सरकारले २९ वर्षदेखि कार्यन्वयनमा रहेको खेलकुद विकाश ऐन–२०४८ खारेज गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले असार ११ गते ‘राष्ट्रिय खेलकुद विकाश ऐन–२०७७’ लाई प्रमाणीकरण गरेपछि पुरानो ऐन स्वतः खारेज भएको हो। 

नियम अनुसार प्रमाणीकरण भएको सात दिनभित्र नयाँ ऐन प्रारम्भ हुने व्यवस्था छ। जसअनुसार असार १७ गते बुधबार राती १२ बजेदेखि राष्ट्रिय खेलकुद परिषद् स्वतः विघटन हुनेछ। राखेप सञ्चालन गर्न मन्त्री परिषद्बाट ७ जनाको कार्यसमिति गठन गर्ने ऐनमा व्यवस्था गरिएको छ। 

पुरानो ऐनअन्तर्गत नियुक्ति पाएका खेलकुद पदाधिकारीहरू असार १८ देखि स्वतः खारेजीमा परेका छन्। उनीहरूको अवस्था के हुने भन्ने विषयमा कुनै निर्णय हुन सकेको छैन। युवा तथा खेलकुद मन्त्रालयले यस विषयमा के निर्णय लिनेछ यो हेर्न बाँकी छ।
 

प्रकाशित मिति: : 2020-07-01 13:37:08

प्रतिकृया दिनुहोस्