पार्टी एकता गम्भीर माेडमा पुगेकाे नेकपाकाे निष्कर्ष, समस्या समाधानका लागि एक दिनकाे समय

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले पार्टी एकता गम्भीर माेडमा पुगेकाे निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले उक्त निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठले भने, 'पार्टी एकतामा गम्भीर माेडमा पुगेकाे छ। समस्या समाधानका लागि शनिबारसम्मका लागि दुवै अध्यक्ष र अरु नेताहरू प्रयास गर्ने गर्नुहुनेछ।'

राजनीतिक दलसँग सम्बन्धी कानुन संशोधन गर्न अध्यादेश ल्याउन लागिएको भन्ने चर्चापछि अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति भण्डारीलाई भेट्न बिहीबार दिउँसो शीतल निवास गएका थिए।

राष्ट्रपतिसँग करिब १ घन्टा भेटवार्तापछि दाहाल पुन: बालुवाटार फर्किएपछि स्थायी कमिटी बैठक बसेको थियो।

तर सहमति जुटाउन एक दिनको समय राखेर बैठक स्थगित गरिएको छ। नेकपा स्थायी कमिटी बैठक अब शनिबार बिहान ११ बजे बस्नेछ।

प्रकाशित मिति: : 2020-07-02 17:35:03

प्रतिकृया दिनुहोस्