इभिल डेडका अभिनेता ड्यानीको निधन

इभिल डेड–२ का अभिनेता ड्यानी हिक्सको निधन भएको छ।

६८ वर्षीय हिक्सको मंगलबार आफ्नै घरमा निधन भएको थियो। उनी क्यान्सर पीडित थिए।

उनको चौथो चरणको क्यान्सरको उपचार भइरहेको थियो। 

हिक्सको निधनको पुष्टी उनका व्यवस्थापकले फेसबुकमार्फत गरेका थिए।

केही दिनअघि मात्र हिक्सले एउटा मार्मिक पोस्ट गर्दै आफ्नो जीवनको अमूल्य ३ वर्षको समय बाँकी रहेको बताएका थिए।

‘यो म उनीहरूका लागि लेख्दैछु, जो मेरो प्रशंसक थिए। जसले मेरो कामबाट आनन्द लिए।

उनीहरूका लागि दुःखको खबर। मेरो क्यान्सर चौथो चरणमा पुगेको छ,’ हिक्सले फेसबुकमा लेखेका छन्। 

हिक्सले हरर फिल्म इभिल डेड–२ मा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। यसै भूमिकाबाट उनको पहिचान बनेको थियो।

उनी स्पाइडर म्यान–२ र डार्कम्यानमा पनि देखा परेका थिए।

प्रकाशित मिति: : 2020-07-02 18:01:39

प्रतिकृया दिनुहोस्