नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लियाे

नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ। 

विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा निम्न आय भएको मुलुकबाट नेपाल निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएकाे हाे।

विश्व बैंकको तथ्यांक अनुसार नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १३० डलरले वृद्धि भएको छ।

 सन् २०१९ मा नेपालीहरुको प्रतिव्यक्ति आय ९६० अमेरिकी डलर थियो। सन् २०२० को जुलाई १ सम्म नेपालीहरुको प्रतिव्यक्ति आय एक हजार ९० अमेरिकी डलर पुगेको विश्व बैंकले जनाएको छ।

विश्व बैंकले संसारभरका देशहरुलाई उच्च, उच्चमध्यम, निम्नमध्यम र निम्न आय भएको मुलुकमा वर्गीकरण गर्दै आएको छ।
 

प्रकाशित मिति: : 2020-07-03 09:37:11

प्रतिकृया दिनुहोस्