पाकिस्तानका विदेशमन्त्री कुरैशीमा कोरोना संक्रमण पुष्टि

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ। कुरैशी स्वयंले ट्वीटरमार्फत यो जानकारी दिएका हुन्।

उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो। त्यसपछि तुरुन्तै म होम क्वारेन्टाइनमा बसेँ। ममा कोरोना पोजेटिभ पाइएको छ।’

उनले घरमै बसेर आफ्नो जिम्मेवारी पूरा गरिरहेको जानकारी पनि दिएका छन्।

उनले आफ्नाे लागि प्राथना गरिदिन पनि जनतालाई आग्रह गरेका छन्। 

कुरैशीले लेखेका छन्, ‘अल्लाहको कृपाले म मजबुत र ऊर्जावान महसुस गरिरहेको छु। कृपया मेरो लागि प्रार्थना गर्नुहोला।’

पाकिस्तानमा २ लाख २१ हजार ८ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएकाे छ। पाकिस्तानमा काेराेना भाइरसकाे संक्रमणबाट ४ हजार ५ सय ५१ जनाको मृत्यु भइसकेकाे छ।

पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित भएका १ लाख १३ हजार ६२३ जना निको पनि भएका छन्।

प्रकाशित मिति: : 2020-07-04 07:11:03

प्रतिकृया दिनुहोस्