बंगलादेशको सीमामा भारतीय सुरक्षाकर्मी माथि हमला, तीन घाइते

भारतको बंगलादेशसँग जोडिएको अन्तर्राष्ट्रिय सीमामा शनिबार बिहान गोली हानाहान भएको छ। चीनसँग सीमा विवादमा अल्झिएको भारतविरुद्ध बंगलादेशी सीमामा भएको यो पहिलो घटना हो। घटनामा भारतीय सीमा सुरक्षा बल (बीएसएफ) का तीन सुरक्षाकर्मी घाइते भएको बताइएको छ। 

पुलिस अधिकारीका अनुसार यो घटना परगना जिल्लाको बांसघाटा सीमा चौकीमा शुक्रबार रातीबाट शनिबार बिहानसम्म भएको थियो। बीएसएफको दक्षिण बंगाल फ्रन्टियरका डिआइजी तथा वरिष्ट जनसम्पर्क अधिकारी सुरजीत सिंह गुलेरियाका अनुसार १ सय ७ बटालियनका सुरक्षाकर्मी सीमावर्ती क्षेत्रमा गस्ती गरिरहेको बेला राती साढे तीन बजे एक्कासी हमला भएको थियो। 

उनले १०–१२ जनाको संख्यामा आएका ती बंगालीहरु तस्करीका लागि आएको हुन सक्ने बताएका छन्। ‘उनीहरुले बीएसएफका जवानलाई घेरेर धारिलो हतियारले हमला गरेका थिए,’ उनले भने, ‘घटना तीन जना घाइते छन्। स्थितिलाई नियन्त्रणमा लिन पाँच राउण्ड गोली चलाउनु परेको थियो। उनीहरु बंगलादेशकै सीमामा भागेका थिए।’

प्रकाशित मिति: : 2020-07-05 22:23:31

प्रतिकृया दिनुहोस्