५० दरका नयाँ नोट आजबाट चलनचल्तीमा आउने, पुरानै गभर्नरको हस्ताक्षर

नेपाल राष्ट्र बैंकले सोमबार (आज)देखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ।

राष्ट्र बैंकले संकेत नम्बर ज/८९ ०००००१ देखि ट/३३ ९९९९९९ सम्मका नयाँ नोट बजारमा पठाउन लागिएको केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले बताएको छ। राष्ट्र बैंकले बजारमा पठाउन लागेको नोट २०७५ सालमा छापिएको हो। 

नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको छ भने दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। 

नोटको मध्यभागमा नेपाल राष्ट्र बैंक अङ्ग्रेजी रोमनमा लेखिएको छ । नोटको मध्यभागमा हिउँ चितुवाको चित्र रहेको छ।

नोटमा गभर्नरको दस्तखत रहेको स्थानमा तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर रहेको छ।

केन्द्रीय बैंकका वर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको नोट भने आउँदो कात्तिक महिनाबाट मात्रै प्रचलनमा आउने राष्ट्र बैंकले बताएको छ। 

 

 

प्रकाशित मिति: : 2020-07-06 06:56:32

प्रतिकृया दिनुहोस्