छोटो पर्दामा दर्शक हसाउने भुवन अब ‘डनगिरी’ मा

लोकप्रिय हाँस्य टेलिसिरियल भद्रगोलमा अभिनय गरेर लोकप्रिय बन्दै गरेका हाँस्य कलाकार भुवन पोखरेल आउँदो नेपाली चलचित्र ‘छोटे डन’ मा भिलेनको भुमिकामा देखापर्ने भएका छन्। 

छोटे डनको छायाँकन लकडाउन लगतै सुरु हुँदैछ। काँचको पर्दाबाट ठूलो पर्दामै जम्ने सोँच बनाएका उनलाई यतिबेला केही भोजपुरी सिनेमाले पनि अफर गरिरहेका छन्।

२०४४ सालमा सिरहाको लहानमा जन्मिएका भुवनले २०७२ सालबाट कलाकारिता सुरु गरेका हुन्। 

पिपलपाते कमेडी सिरियलबाट अभियन यात्रा थालेका उनले ‘लैबरी लै’ नामक टेलिसिरियल हुँदै ‘भद्रगोल’सम्म आइपुगेका हुन्।

एउटा म्युजिक भिडियो समेत खेलेका भुवनलाई अहिले भने ठूलो पर्दाबाट अफर आउन थालेकाले अब भने ठूलो पर्दामै जम्ने योजनामा छन्। 

कलाकारीताबाट जीवन चलाउन हम्मे पर्ने भएकाले भुवनले केही समयअघिबाट कार्यालयमा स्टेशनरी सप्लाईको काम थालेका छन्।

हाउजर नामक कम्पनीको आधिकारीक विक्रेता उनी भविष्यमा कलाकारीतासँगै राजनीतिमा सक्रिय हुने योजनामा रहेको सुनाउँछन्। 

प्रकाशित मिति: : 2020-07-06 10:01:09

प्रतिकृया दिनुहोस्