मकवानपुरमा अफिम काराेवारी पक्राउ

 मकवानपुरमा लागूऔषध अफिम काराेवार गर्ने एक जना पक्राउ परेका छन्। 

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले १ केजि ९५० ग्राम अफिमसहित हेटौँडा उपमहानगर ११ थाना भर्‍याङबाट एक जनालाई पक्राउ गरेको हो

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका ३ बस्ने वर्ष ३५ का पदमबहादुर थिङ रहेका छन्। 

प्रहरीका अनुसार उनले उकत अफिम बेच्ने योजना बनाइरहेका थिए। 

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाइएको छ।

प्रकाशित मिति: : 2020-07-06 18:22:46

प्रतिकृया दिनुहोस्