ओली र प्रचण्डबीच आज पनि भेटवार्ता हुँदै

सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज (मंगलबार) पनि भेटवार्ता हुँदैछ।

बिहान १० बजेपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल हुन लागेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 

पार्टीमा बढेको गतिरोध अन्त्यका लागि सोमबार पनि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच एक्लाएक्लै छलफल भएको थियो।

आइतबार अन्य नेताहरुसहित वार्तामा बसेका उनीहरु सोमबार भने एक्लाएक्लै छलफलमा बसेका हुन्।

नेकपा फुटको संघारमा पुगेपछि स्थायी समितिको बैठक २४ असारसम्मका लागि स्थगित गरेर नेताहरु छलफलमा जुटेका छन्। आज र भोलीसम्म नेकपामा सहमति हुने वा नहुने टुंगो लगाउने तयारी गरिएकाे छ।

प्रकाशित मिति: : 2020-07-07 09:06:16

प्रतिकृया दिनुहोस्