चिनियाँ राष्ट्रपति सीका आलोचक पक्राउ

चिनियाँ राष्ट्रपति सी जिनपिङका आलोचक पक्राउ परेका छन्।  

सी रुपमा चिनिने प्राध्यापक तथा लेखक जु झंगरुनलाई प्रहरीले सोमबार राजधानी बेइजिङस्थित निवासबाटै पक्राउ गरेकाे हाे। 

सिघुवा युनिभर्सिटीका कानुनका प्राध्यापक जु राष्ट्रपति सीका कट्टर आलोचकको रुपमा चिनिन्छन्। 

जुको एक पुस्तक गत महिना अमेरिकाबाट प्रकाशित भएकको थियो। जहाँ राष्ट्रपति सी र चिनियाँ कम्युनिस्ट पार्टीको कडा आलोचना गरिएको छ।

उक्त पुस्तकमा प्राध्यापक जुले नेता सीलाई अधिनायकवादी शासनतर्फ उन्मुख भएको उल्लेख गरेका थिए।

सोही कारण प्राध्यापक जुलाई पक्राउ गरिएको चिनियाँ संञ्चारमाध्यमअरुले जनाएका छन्। 

प्रकाशित मिति: : 2020-07-07 12:51:44

प्रतिकृया दिनुहोस्