आज बस्ने भनिएको नेकपा स्थायी कमिटीकाे बैठक २६ गतेसम्म स्थगित

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ।

स्थगित गरिएको बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नेकपाका दुई जना अध्यक्षबीच सहमतिको प्रयास जारी रहेको भन्दै नेकपा बैठक स्थगित गरिएको नेकपाका नेताहरुले जनाएका छन् ।

असार १० देखि जारी बैठक पार्टीभित्र देखिएकाे विवादका कारण पटक पटक स्‍थगित हुँदै अ‌ाएकाे छ।  सरकारविरुद्ध चलखेल भएकाे विषयले बैठकमा प्रवेश पाएपछि नेकपाभित्र विवाद देखिएकाे हाे।

जसका कारण स्थायी कमिटी बैठककाे कार्यसूची प्रभावित भएकाे छ । विवाद समाधानका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा अ‌ाेली र अर्का अध्यक्षबीच निरन्तर संवाद भइरहेकाे छ । 

प्रकाशित मिति: : 2020-07-08 09:23:54

प्रतिकृया दिनुहोस्