सभामुख सापकोटाको आँखाको शल्यक्रिया

सभामुख अग्निप्रसाद सापकोटाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ। बुधवार तिलगंगा आँखा अस्पतालमा सभामुख सापकोटाको दायाँ आँखाको शल्यक्रिया गरिएको हो।

सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेका अनुसार वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बिहान १०:३० मा शल्यक्रिया गरेको हो। 

केही समययता सभामुखको आँखामा समस्या देखिएको थियो। उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्यायभार नपर्ने गरी सभामुख सापकोटा आफैंले व्यहोर्ने छन्।

प्रकाशित मिति: : 2020-07-08 12:17:15

प्रतिकृया दिनुहोस्