सिनामङ्गलबाट गैंडाको खागसहित ४ जना पक्राउ

काठमाडौं महानगरपालिका-९ सिनामङ्गलस्थित एक क्याफेबाट गैंडाको खागसहित चारजना पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसरले  सोमबार खाग बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेको हो।

खागको बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा खटिएको टोलीले खानतलास गर्दा भक्तपुर नयाँठिमी बस्ने बुद्धि क्षेत्रीको झोलाबाट गैंडाको एउटा खाग बरामद गरेको छ।

त्यसपछि अन्यलाई पक्राउ गरिएकाे थियाे।

पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका ४ घर भई ललितपुर गोदावरी नगरपालिकाको टौखेल सरोज गुरूङ, सिन्धुलीको दुधौली११ घर भई भक्तपुर नयाँठिमी  बुद्धि क्षेत्री, सुर्खेतको विरेन्द्रनगर११ घर भई काठमाडौंको सिनामंगल बस्ने पूर्ण परियार र सिन्धुली खुर्कोट घर भई काठमाडौं महानगरपालिका ९ सिनामंगल शिखा गिरी बराल रहेका छन्।

पक्राउ परेका चारैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि बरामद खागसहित डिभिजन वन कार्यालय हात्तीसार पठाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
 

प्रकाशित मिति: : 2020-07-08 13:55:33

प्रतिकृया दिनुहोस्