बालुवाटारमा ओली र प्रचण्डबीच ‘वान अन वान’ वार्ता  सुरु

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल बीच तय भएको ‘वान अन वान’वार्ता  सुरु भएको छ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन्। 

मंगलबार दिउँसो भएको झण्डै तीन घण्टा लामो वार्ताले आज स्थायी कमिटी बैठक अगाडि दुई अध्यक्ष बस्ने तय भएको थियो। तर, ११ बजे बोलाइएको स्थायी कमिटी बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएसँगै दुई अध्यक्ष बीचको वार्ता सुरु गरिएकाे हाे। 

फुटको संघारमा पुगेको नेकपाका शीर्ष नेताहरुको छलफल सकारात्मक बनेपछि स्थायी कमिटी स्थगित गरी छलफल बढाउने रणनीतिमा नेताहरु जुटेका छन्। 

प्रकाशित मिति: : 2020-07-08 17:31:02

प्रतिकृया दिनुहोस्