भारत र युरोपेली संघको १५औँ सम्मेलन जुलाई १५ मा हुने

भारत र युरोपेली संघको १५औँ शिखर सम्मेलन यही जुलाई १५ मा हुनेभएको छ। 

कोरोना भाइरसको त्रासका कारण सम्मेलन भिडियोमार्फत गर्ने तयारी भएको अधिकारीहरुले जनाएका छन्।

सम्मेलनमा कोरोनाभाइरसले पारेको प्रभावसँगै अन्य विभिन्न क्षेत्रीय तथा विश्वव्यापी विषयबस्तुका बारेमा पनि छलफल हुनेभएको छ।

सम्मेलनमा युरोपेली परिषद्का अध्यक्ष चाल्र्स मिसेल र युरोपेली आयोगका अध्यक्षका उर्सुला भोनडेर लियनले युरोपेली संघको तर्फबाट प्रतिनिधित्व गर्ने भएका छन्।  

यता भारतको तर्फबाट भने प्रधानमन्त्री नरेन्द्र मोदीले सहभागिता जनाउनुहुने युरोपेली परिषद्द्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। 

सम्मेलनलाई नयाँ चुनौती सामनाका लागि नयाँ रणनीति तय गर्ने अवसरको रुपमा लिन लागिएको परिषद्ले जनाएको छ।

नेताहरुले सुरक्षा, मौषम, वातावरण, व्यापार र लगानी, विद्युतीय अर्थतन्त्र र कनेक्टीभिटीलगायतका विषयमा पनि छलफल गर्ने भएका छन्।  

वक्तव्यमा लेखिएको छ, ‘यस सम्मेलनले युरोपेली संघ र भारतको रणनीतिलाई बलियो बनाउन सहयोग गर्ने विश्वास लिन सकिन्छ। यसलाई अवसरको रुपमा पनि प्रयोग गर्नुपर्ने देखिन्छ। विषेश गरेर लोकतन्त्र, स्वतन्त्रता, कानूनी शासन र मानवअधिकारको सम्मानका लागि पनि नेताहरूले ध्यान दिनुहुनेछ।’

अहिले हुन लागेको सम्मेलन यसै बर्षको शुरुमा नै गर्ने तय भएको भएपनि कोराना भाइरसको त्रासका कारण सरेर स्थगित भएको थियो।

प्रकाशित मिति: : 2020-07-09 20:00:24

प्रतिकृया दिनुहोस्