पाकिस्तानी गलाबारीमा परी एक नेपाली गोर्खा सैनिकले ज्यान गुमाए

भारतीय सीमा रक्षामा खटिएका एक नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन्। 

शुक्रबार सबेरै जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक भएको गोलीबारीमा नेपाली गोर्खा सैनिक हवलदार सम्बर गुरुङको मृत्यु भएको हो।

उनी गुल्मी निवासी हुन्।

युद्धविरामलाई उल्लंघन गर्दै जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्र शुक्रबार बिहान करिब एक बजेतिर पाकिस्तानी तर्फबाट भएकाे  गलाबारीमा उनी घाइते भएका थिए। 

गुरुङको उपचारका क्रममा मृत्यु भएको भारतीय सेनाका जम्मू कमाण्डका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दले जानकारी दिए। 

एक महिनाअघि मात्रै जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवलदार दीपक कार्कीको मृत्यु भएको भएको थियो।

प्रकाशित मिति: : 2020-07-10 12:20:32

प्रतिकृया दिनुहोस्