किमकी बहिनी भन्छिन्– अमेरिकासँग वार्ताको कुनै अर्थ छैन

उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँग हुने भनिएको अर्काे उच्चस्तरीय वर्ताको कुनै अर्थ नहुने बताएका हुन्।

दक्षिण कोरियाको योनहाप समाचार समितिले उत्तर कोरियाको सरकारी समाचार समिति, केसिएनएलाई उद्धृत गर्दै जनाएअनुसार किम यो जोङले उत्तर कोरियाले अमेरिकासँग गर्ने भनेको अर्काे वार्ताको कुनै काम नरहेको बताएका हुन्। 

उनको यो भनाई पछि अमेरिका र उत्तर कोरियाका बीचमा तत्कालै कुनै पनि वार्ता नहुने देखिएको समाचारमा जनाइएको छ। 

‘अब अमेरिकासँग अर्को वार्ता अनावश्यक हो। यस्तो प्रयोगबिहीन वार्ता गर्न हुँदैन,’ उनले भनिन्, ‘यी दुई देशले वार्तामा बसेर निश्कर्ष निकाल्न पनि सक्ने पनि होइन।’ 

उनले अमेरिका आफ्नो अडानमा मात्र टाँसिएर बस्ने भएकोले वार्ताका माध्यमबाट निश्कर्ष निकाल्न नसकिएको बताइन् । केही दिनमात्र अघि पनि उत्तर कोरियाको विदेशमन्त्रालयका संयुक्त राज्य अमेरिका विभागका प्रमुख नोन जोङ गनले अमेरिकासँग वार्ता गर्न इच्छुक नरहेको बताएका थिए। 

केही समयअघि दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अमेरिकाको आगामी राष्ट्रतीय निर्वाचनअघि अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने अनुमान गरिएको बताएका थिए।

तर उनको यो धारणासँगै उत्तर कोरिया आगामी दिनमा अमेरिकासँग हुने भनेको वार्तामा बस्न इच्छुक नहुने देखिएको हो।

 

प्रकाशित मिति: : 2020-07-10 13:07:07

प्रतिकृया दिनुहोस्