बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीहरु पक्राउ परेका छन्। 

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्याएर विभिन्न मितिमा विभिन्न बैंकहरुको चेक काटी बैकिङ् कसूरजन्य अपराध गरेका काठमाडौं महानगरपालिका १८ निवासी ४८ वर्षीया सुनिता चित्रकार र काठमाडौं१४ निवासी ४९ वर्षीय मनोजलाल सिंह सुवाललाई पक्राउ गरिएकाे हाे।

बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ साल फागुन  १८ गतेको फैसलालेचित्रकारलाई  तीन दिन कैद र  छ लाख पचास हजार रुपैया जरिवाना  हुने ठहर भएको थियो।

 फैसलापछि फरार रहेकी चित्रकारलाई गत असार २५ गते लुकिछिपि बसीरहेको अवस्थामा स्वयम्भूबाट पक्राउ गरिएको हो। उनलाई फैसला कार्यान्वयनको लागि सोही दिन सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियाे।

त्यसैगरी, उच्च अदालत पाटनबाट २०७६ माघ १४ गते सात दिन कैद र दश लाख रुपैयाँ जरिवाना हुने ठहर भएपछि फरार रहेका सुवाललाई लुकिछिपि बसिरहेको अवस्थामा रविभवनबाट पक्राउ गरिएकाे हाे। उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-07-10 15:49:44

प्रतिकृया दिनुहोस्