खेलकुद परिषद्‌का सदस्यसचिव लागि दरखास्त आह्वान

सरकारले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव पदका लागि दरखास्त आह्वान गरेको छ। सदस्यसचिव नियुक्तिका लागि युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका इच्छुक आवेदकलाई सदस्यसचिव पदका लागि सात दिनभित्र संक्षिप्त कार्ययोजना सहित निवेदन दर्ता गर्न भनेको छ।

इच्छुक उम्मेदवारले तोकिएको दिनभित्र कार्ययोजना मन्त्रालयमा दर्ता गराउनु पर्नेछ। आफै मन्त्रालयमा उपस्थित हुन नसकेमा इमेल पठाउन सकिनेछ।

कार्ययोजना प्राप्त भएपछि सिफारिस सिमितले अध्ययन गर्नेछ। कार्ययोजनाको विषयमा छलफल गर्नका लागि समितिले निवेदकलाई पनि बोलाउन सक्नेछ।

कार्ययोजना अध्ययन गरेपछि समितिले उपयुक्त लागेका तीन जनालाई सदस्यसचिव सिफारिस गर्दै मन्त्रालयमा पेश गर्नेछ। जसमा एक जना महिला हुनु पर्नेछ। तीन मध्ये एक जनालाई सदस्यसचिव नियुक्तिका लागि मन्त्रालयले मन्त्रिपरिषद्मा पेश गर्नेछ।

सदस्यसचिव बन्न चाहिने योग्यता
-नेपाली नागरिक
-नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक तह उत्तीर्ण
-खेलकुद क्षेत्रमा कम्तिमा पाँच वर्ष काम गरेको
-प्रचलित कानुनले आयोग्य नभएको
-तीस वर्ष उमेर पूरा भएको

प्रकाशित मिति: : 2020-07-10 16:45:44

प्रतिकृया दिनुहोस्