सिङ्गापुरमा कोरोनाका बीच आमनिर्वाचन हुँदै

कोरोना संक्रमणको घटनाका बीच सिङ्गापुरमा शुक्रबार आमनिर्वाचन भएको छ। निर्वाचनमा मतदान गर्ने सबै मतदातालाई सरकारले अनिवार्य मास्क लगाउन उर्दी जारी गरेको थियो। 

मतदान स्थलमा समाजिक दुरी कायम गरिएको थियो भने विपक्षी पार्टीले प्रधानमन्त्री ली सेन लुङको कोरोना महामारीको प्रभावका बीच निर्वाचन गर्ने निर्णणमाथि प्रश्न उठाएका थिए। तर, सरकार आफ्नो कुरामा अडिग रह्यो।
 
कोरोनाका कारण विश्वभरि हाल १ करोड २३ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन्। जसमा ७२ लाखको बराबरीमा मानिस ठिक भएका छन् भने ५ लाख ५३ हजार ४ सय ५१ जनाको निधन भइसकेको छ।

सिंगापुरमा हालसम्म ४५ हजारभन्दा बढी संक्रमित भेटिएका छन् भने २६ जनाको निधन भएको छ। गत २४ घण्टाभित्र यहाँ १ सय २५ नयाँ संक्रमणको घटना देखिएको थियो।

प्रकाशित मिति: : 2020-07-10 17:09:04

प्रतिकृया दिनुहोस्