प्रधानसेनापतिद्वारा नवनियुक्त प्रहरी महानिरीक्षकलाई बधाई

प्रधानसेनापति पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिएका छन् ।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा नेपाल सरकारद्वारा नियुक्ति भएकोमा सफल कार्यकालको शुभकामना सहित हार्दिक बधाइ दिएका हुन् ।

भेटघाटका अवसरमा प्रधानसेनापति थापा र प्रहरी महानिरीक्षक थापा क्षेत्रीबीच दुबै संगठनबीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।

प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरेका थिए ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रधानसेनापति थापालाई मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरेका थिए ।

प्रकाशित मिति: : 2020-07-10 17:19:01

प्रतिकृया दिनुहोस्