चीन र जापानका विदेशमन्त्री बीच फोनवार्ता

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री र जापानका विदेशमन्त्री बीच शुक्रबार फोनवार्ता भएको छ । उनीहरुले एकले अर्को देशलाई बाढीका कारण ती देशमा भएको जनधनको क्षतिको विषयमा सान्त्वना सन्देश आदानप्रदान गरेका छन्। 

चिनियाँ विदेशमन्त्री पाङ यी र जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीबीच शुक्रबार बिहान फोन सम्वाद भएको र उनीहरुले एकले अर्कोलाई बाढीका कारण भएको सो क्षतिप्रति दुःख व्यक्त पनि गरेकाे बताइएकाे छ । 

हालै चीन र जापानमा आएका बाढी र पहिरोमा परी जनधनको क्षति भएको थियो । उनीहरुले यसै विषयमा सो सन्देश आदान प्रदान गरेकाे चीनको विदेश मन्त्रालयले जानकारी दिएको छ । 

सो वार्ताका क्रममा उनीहरुबीच अगामी दिनमा पनि निरन्तर रुपमा सम्पर्क र सम्वादमै रहने र यसमार्फत दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको पनि प्राप्त समाचारमा जनाइएको छ ।
 
उनीहरुबीच हाल विश्वमा देखा परिरहेको कोरोनाको महामारी र यसले पारेको प्रभावका साथै दुई देशका आपसी हितका विभिन्न विषयमा कुराकानी भएको पनि सो समाचारमा जनाइएको छ । 

प्रकाशित मिति: : 2020-07-10 18:02:15

प्रतिकृया दिनुहोस्