बिर्सन सक्छुर

रोशन दियाली 

(काँङ्ग्लातोम्बी, मणिपुर) 

छनत छ उनको खाकमा रमाउन रहर

हराउनत मन लाग्छ, छ  सुनौलो पहर।

जादुई छ यहाँ घुम्छन् मतौला भ्रमर

कुतकुति लाग्छ बढ्छ हृदयमा लहर।

मिलेकाआँखै रमाऊने अल्कत्रका नहर

मन्द मन्द मोहनी लाउने विदेशी शहर।

 

कहाँ हुनु सक्छिनर उनी मेरो,

एकोहोरो मायाको मात्र पहरो

 प्रिय छन् यहाँका उनलाई सेरो - फेरो।

मत  बास बसेको उनको हृदयमा

मात्र केही छनको इच्छा जगी

हुन्छिंर कहाँ मेरी आफ्नालाई त्यागी

 

गर्छिन जनीनले सबैलाई प्रेम उतीकै

म पनि डुबेको छु ममतामा त्यतिकै।

भुल्ने छुईन तिम्रो खाक सुटुक्कै

तिम्लाई पनि आफ्ना प्यारा छन् निकै

मैले पनि भुल्न सकिन मेरो माटो पिटीककै

अतालिन्दैछु हुँदैछु उनकै लागि हीरीकै।

 

 

हृदयमा टासिएको मेरो मुलुककै नजर

बग्दैछ बादल बोकी मायाको कहर।

त्यसरीनी हुनसक्छुर म कहा उनिको

बिर्सन सक्छुर त्यो क्रन्दन पहाडको।

मेटन सक्चुर तिर्खा बिना त्यो पानीको

मर्न सक्छुर बिर्सि माटो जन्म भूमिको।

प्रकाशित मिति: : 2020-07-11 15:01:04

प्रतिकृया दिनुहोस्