अमिताभपछि अनुपम खेरको परिवारलाई पनि कोरोना संक्रमण

बलिउडमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। बलिउड महानायक अमिताभ बच्चनबाट शनिबारदेखि सुरु भएको कोरोना संक्रमणको प्रभाव रेखा हुँदै अनुपम खेरको घरमा पनि पुगेको छ। 

शनिबार अमिताभ र उनको छोरा अभिषेकलाई कोरोना संक्रमण देखिएको थियो। यसपछि रेखाको घरमा भएको सुरक्षाकर्मीमा कोरोना संक्रमण फेला परेको थियो भने अहिले अनुपम खेरको आमा दुलारी, भाई राजु तथा भाउजु र भतिजाहरूमा पनि कोरोना सकारात्मक देखिएको छ। 

अनुपमले यसको जानकारी आफ्नो ट्वीटर अकाउन्टबाट दिएका थिए। अनुपमको रिपोर्ट भने नेगेटिभ आएको छ।

प्रकाशित मिति: : 2020-07-12 15:19:24

प्रतिकृया दिनुहोस्