पार्टीबाट निष्कासन गरेको निर्णय विरुद्ध सरिता गिरीद्वारा सर्वाेच्चमा रिट दायर

संघीय समाजवादी पार्टीले सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको निर्णय विरुद्ध सरिता गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेकी छिन्।

आफूलाई सांसद र पार्टीबाट निष्कासन गर्ने पार्टी निर्णय अवैधानिक भएको भन्दै गिरीले आइतबार दिउँसो सर्वोच्चमा रिट निवेदन दायर गरेकी हुन्।

यसअघि, जनता समाजवादी पार्टीले नेपालको नयाँ नक्सा जारी गर्दा विवादित अभिव्यक्ति दिएकी नेतृ गिरी पार्टीबाट निष्कासन गरेको थियो।

असार २३ गते बसेको जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेतृ गिरीलाई पार्टीबाट कारबाही गरेको हो।

साथै संसद सचिवालयले पनि पार्टीको निर्णयबमोजिम गिरीको सांसद पद रिक्त भएको सूचना प्रकाशित गरिसकेको छ। 

नेपालको संविधानमा रहेको निशान छापमा नेपालको नयाँ नक्शा अद्यावधिक गर्न सरकारले संविधान संशोधन विधेयक ल्याएपछि गिरीले संशोधन प्रस्ताव दर्ता गरेकी थिइन्। यस्तै, पार्टीले संशाेधन विधेयकको पक्षमा मतदान गर्न निर्देशन जारी गरेकोमा मतदान हुने दिन ३१ जेठमा संसद् बैठकमा बोल्न नदिइएपछि उनी संसद्‌बाट निस्किएकी थिइन्।

पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र महतो तथा नेता बाबुराम भट्टराईले यस विषयमा छलफल गरिसकेका थिए। साथै कार्यदलले पनि कारबाहीको सिफारिस गरेपछि गिरीलाई पार्टीको बैठकले निष्कासन गरेको हो।

प्रकाशित मिति: : 2020-07-12 17:00:24

प्रतिकृया दिनुहोस्